global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही २०८३ जेठ २९ गते शुक्रबार जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

जिल्ला अस्पताल खलङ्गामा सञ्चालित आँखा शिविरमा ३ सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालित शिविरमा ३ सय २४ जनालाई विशेषज्ञ डाक्टरसँग निःशुल्क आँखा परीक्षण र परामर्शका साथै आवश्यक औषधी र चश्मा वितरण गरिएको थियो । शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले सेवा दिएको थियो । उक्त शिविरमा आँखा परीक्षण गरिएकामध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीलाई यस सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरिने छ ।

शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु