गृहपृष्ठ एनआइसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
एनआइसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
एनआइसी एशिया बैंकका ग्राहकहरूलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा छुट हुने भएको छ । डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने गरी बैंक र सोल्टी इन्टरप्राइजेजबीच समझदारी भएको छ ।
समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका छन् । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पीओएस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २ हजार ३०० भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
एनआइसी एसिया बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
प्रकाशित समय : ०२:४० बजे



















