काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रेखा थापाकाे चरित्रहत्या गर्ने युट्युबर पक्राउ

11.3K
shares

अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले एक जना युट्युबरलाई पक्राउ गरेको छ । 'ए-वान' युट्युब च्यानलका सञ्चालक राहुल थापालाई प्रहरीले आज पक्राउ गरेको हो ।

भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

उनको उजुरपछि ब्युरोले प्रेस काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण मागेको थियो । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युब च्यानलले विभिन्न सामग्री प्रशारण गरेका थिए ।

राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।