युक्रेनबाट नेपालीहरुलाई उद्धार गर्न अखिल क्रान्तिकारीको माग
वि.सं.२०७८ फागुन १४ शनिवार १७:२१
shares

नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युक्रेनबाट नेपाली नागरिकको अबिलम्ब उद्धार गर्न सरकारसँग माग गरेको छ ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौति बढ्दै गएको भन्दै नेपालीहरुलाई तत्काल उद्धार गर्न माग गरेकी हुन् । संकटमा परेका नागरिकका लागि राज्यले सुरक्षित रहनुस् भन्दै सूचना निकाल्नु पर्याप्त नहुने भन्दै विज्ञप्तिमा लेखिएको छ । कूटनीतिक पहल र आर्थिक लगायत प्रवन्ध गरी अप्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं ।
विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति महामारी आदिका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जीउधनको रक्षा गर्ने कर्तव्य राज्यको हुने पनि विज्ञप्तिमा लेखिएको छ ।

























