काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दक्षिण कोरियामा जन्मदर घट्यो

12.16K
shares

दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्यांक कार्यालयले जनाएको छ ।  यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्यांकमा देखिएको छ । 

सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् २०१८ मा ०.९४ प्रतिशत, सन् २०१९ मा ०.२९ प्रतिशत र २०२० मा ०।८४ प्रतिशत भएको थियो । सन् २०२१ भरीमा दक्षिण कोरियामा झण्डै दुई लाख ६० हजार ५०० बालबालिका जन्मिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

ढिलो विवाह गर्ने र थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएकोले जन्मदर पनि घट्दै गइरहेको विश्लेषण गरिएको छ । त्यसैगरी बालबालिकाको हेरचाह गरेर बस्ने महिलाहरुको संख्या पनि कम भएको उनीहरुको भनाई छ । सन् २०२१ मा झण्डै एक लाख ९२ हजार ५०० विवाह भएका छन् । अघिल्लो बर्षको तुलनामा यो संख्या ९.८ प्रतिशत हो ।