काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला क्रिकेट : एपिएफको जित

25.58K
shares

ललितपुर मेयर महिला टी-ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश नं १ लाई ६ विकेटले पराजित गरेको थियो ।

सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

एपिएफको जितमा रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान दिइन् । त्यसैगरी ममता चौधरी १४ रनमा अविजित रहिन् भने ज्योति पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ बनाए ।

सुदूरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ तथा डोली भट्टले ११ रन जोडे ।

एपिएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट हात पारिन् भने करुणा भण्डारी र सरिता मगरले समान दुई-दुई तथा राजमती ऐरीले १ विकेट हात पारिन् ।