global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बागमतीसहित पाँच प्रदेशमा हिमपातको सम्भावना, दुई प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा

बागमतीसहित पाँच प्रदेशमा हिमपातको सम्भावना, दुई प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा

बागमतीसहित पाँच प्रदेशमा हिमपातको सम्भावना, दुई प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा

देशका विभिन्न भू-भागमा आज वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यहाँ आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु