global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजार : सबै सूचक बढे, कारोबार रकम भने घट्यो

सेयर बजार : सबै सूचक बढे, कारोबार रकम भने घट्यो

सेयर बजार : सबै सूचक बढे, कारोबार रकम भने घट्यो

सोमबार सेयर बजारका सबै सूचकमा हरियाली छाएकाे छ । आज नेप्से २५.४१ अंकले बढेर २७१८ अंकमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ९९ करोड, ७६ लाखमा सीमित भयो ।

सोमबार २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ १६, व्यापार ८, होटल तथा पर्यटन ३४, विकास बैंक २२, जलविद्युत ७२, फाइनान्स २७, निर्जीवन बिमा ३९, उत्पादन ६६, अन्य २९, लघुवित्त १२, जीवन बिमा १९ र लगानी उपसमूह १ अंकले बढेका छन् । कुल १५४ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ४ को स्थिर रह्यो । युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको मूल्य ९.६ तथा नेपाल हाइड्रो डेभलपर्सको ७.१ प्रतिशतले बढेकाे छ ।

कारोबारका आधारमा नेपाल टेलिकम, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, अपी पावर र नेसनल हाइड्रोपावर क्रमश: अगाडि रहे ।

प्रकाशित समय : २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु