काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

14.39K
shares

कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् । लिगको ११औं चरणअन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक/एक खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफलाई हराएर मनाङ दोस्रो स्थानमा यथावत रहन चाहन्छ । लिगको उपाधि भने मछिन्द्रले जितिसकेको छ । त्यसैले मनाङ दोस्रो स्थानमा रहन कोशिश गर्नेछ ।

एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । एपीएफ पनि मनाङलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।