थप १३३ जनामा कोरोना, २८९ संक्रमणमुक्त, १ को मृत्यु
वि.सं.२०७८ पुस ४ आइतवार २३:३७
shares

पछिल्लो २४ घण्टामा ४ हजार ८३१ जनामा पीसीआर परीक्षण गर्दा नेपालमा १३३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ५ हजार ४१ जनामा एन्टीजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ९ हजार ८७२ परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हाे । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७३६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।
२४ घण्टामा २८९ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आइतबार १ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।

























