काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल बैंकको १७ प्रतिशत लाभांश पारित

13.36K
shares

नेपाल बैंक लिमिटेडकाे वार्षिक साधारणसभाले प्रस्तावित १७ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको ६२औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) पाउने भएका छन् । यसका साथै, साधरणसभाले बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ कायम गर्ने र सोहीबमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्टत्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायत साधारणसभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मत रुपमा पारित भएकाे छ ।