काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेशनल लाइफद्वारा वरिष्ठ अभिकर्ताहरु सम्मानित

13.97K
shares

नेशनल लाइफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता प्रदान गरेकी थिइन् ।

उक्त कार्यक्रममा देशभरबाट आव २०७७/७८ मा आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितीय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा व्यक्तिगत व्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितीय र युवराज बास्तोला तृतीय भएका थिए । यसैगरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितीय र टिका प्रसाद खरेल तृतीय भएका थिए ।