इराकमा बाढीले बगाउँदा त्यहाँ रहेका दुई नेपालीको मृत्यु
वि.सं.२०७८ पुस ३ शनिवार १६:३२
shares

इराकमा बाढीले बगाउँदा त्यहाँ कार्यरत दुई नेपालकाे ज्यान गएकाे छ । स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको हाे ।
कुर्दिस्तान नेपाली समाजका अनुसार इराकमा आएको अविरल वर्षापछि कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको थियाे । शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए ।
उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।

























