श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस
वि.सं.२०७८ मंसिर १८ शनिवार १८:०३
shares

घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिनअघि श्रीलंका आएका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।
उनलाई हाल क्वारेन्टिनमा राखेर उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ । अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए । उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।
यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो । यो भाइरस केही दिनमा नै विश्व्का विभिन्न देशमा देखिइसकेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ ।
























