काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोरोना भाइरसबाट रुसमा थप ३३ हजार संक्रमित

13.04K
shares

रुसमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप झण्डै ३३ हजार नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ संक्रमित भएका हुन् ।

योसँगै कुल संक्रमितको संख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् । नयाँ संक्रमितमध्ये राजधानी मस्कोमा मात्रै संक्रमित भएकाहरूको संख्या भने तीन हजार ३०४ रहेको छ । त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कूल संख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ । कोरोनाभाइरसबाट संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन् । योसँगै रूसमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको कूल संख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ ।