काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

429
shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणअन्तर्गत सोमबार भारत प्रस्थान गरेका छन् ।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन उनी भारत प्रस्थान गरेका हुन् ।

भारतको नयाँ दिल्लीमा हुन लागेको छलफलमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्यान्डका गृहमन्त्रीहरूको उपस्थिति रहनेछ ।

गृहमन्त्री गुरुङले आफ्नो पहिलो विदेश भ्रमण पनि भारतबाटै गरेका छन् । आगामी मंसिर ७ र ८ गते प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत जाने कार्यक्रम तय भएको छ ।