काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर

5.97K
shares

ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) काे अनुसन्धानकाे आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङविरुद्ध मुद्दा दायर गरेको हो ।

सिभिल ग्रुप अफ कम्पनीअन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङबाट निक्षेपकर्ताहरुलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ । ठगी मुद्दामा गत असोज १९ गते सीआइबीले तामाङलाई पक्राउ गरेको थियो ।