काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हाम्रो विकास प्रवर्द्धन कोषमार्फत् अपांगता भएका बालबालिकालाई औषधी सहयोग

7.36K
shares

ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत् साँखुस्थित द्वन्द्वपीडित अपांग समाज ( नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंककी साँखु शाखाकी शाखा प्रबन्धक रिमा प्रधानद्वारा शंखारापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्वपीडित अपांग समाज ( नेपालका अध्यक्ष युवराज थापालाई ५० हजार बराबरको औषधी हस्तान्तरण गरेका हुन् ।

द्वन्द्वपीडित अपांग समाज नेपाल नेपालमा द्वन्द्वपीडित र अपांगता भएका व्यक्तिहरूको अवसरहरू अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको एक गैर-सरकारी सामाजिक संस्था हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत् ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ ।