काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण

6.11K
shares

पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सात हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा आठ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म आठ लाख ३ हजार ७१६ जना निको भएका छन् ।