छोराको हत्याको आरोपमा सौतेनी आमा प्रकाउ
वि.सं.२०७८ मंसिर १७ शुक्रवार २२:१४
shares

धनगढीमा एक बालकको हत्यामा संलग्न महिला पक्राउ परेकी छन् । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सौतेनी आमा माघी रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । निशान सौतेनी आमा रोकायासँगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए । उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन् ।
पक्राउ परेकी रोकायालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए । उनले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको बताए । मृतक निशान थापामगरका बुवा बहादुर रोकाया लामो समय भारतमा काम गर्दै आएका थिए । उनीसँग निशानकी आमा निर्मला थापामगर बस्दै आएकी छन् ।























