गृहपृष्ठ बाबा रामदेवलाई जग्गा दिन तयार हुनु घोर राष्ट्रघात : पातञ्जल योग समिति
बाबा रामदेवलाई जग्गा दिन तयार हुनु घोर राष्ट्रघात : पातञ्जल योग समिति
भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलिलाई सरकारले जग्गा दिन खोजेको भन्दै पातञ्जल योग समितिले आपत्ति जनाएको छ ।
केही दिनअघि मात्रै बाबा रामदेव नेपाल आएर दुई टेलिभिजनको उद्घाटन गरेका थिए । सोही कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई नेपालमा जग्गा उपलब्ध गराउने बचन दिएका थिए । जुन नेपालको कानूनभन्दा बाहिरको विषय भन्दै पातञ्जल योग समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
‘पछिल्लो चरणमा स्वामी रामदेव र आचार्य बालकृष्णबाट आयुर्वेद कम्पनी खोल्ने जमर्को हुदैँछ । धेरै प्रयास असफल भएपछि शक्ति र प्रभावको उपयोग गर्दै स्वामी रामदेवलाई ल्याएर पतञ्जलि योग पिठ नेपालले सरकार प्रमुख र प्रमुख दलहरुका नेतृत्व तहका प्रमुखहरुलाई एकीकृत गरी आयुर्वेदिक कम्पनी खोल्न जे जस्तो सहयोग चाहिन्छ दिने र आवश्यक परे जग्गा समेत दिने प्रतिबद्धता गराउन सफल भएका छन् । यो घोर राष्ट्रघात हो र देशको लागि दुर्भाग्यको विषय पनि ।’ पातञ्जलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
‘नेपालको कानुनले कुनै पनि स्वदेशी वा विदेशी संघ सस्था वा उद्योगलाई स्वामित्व हस्तान्तरण गरेर जग्गा प्रदान गर्न पाइदैन । यस्तो गैरकानुनी काम र बचनवद्धता सरकारबाट हनु र त्यसमा प्रमुख राजनैतिक दलका शीर्ष नेतृत्वहरु समेत मतियार हुनु अत्यन्त दुःखद छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसबाहेक बाबा रामदेवले नेपालमा गैरकानूनी तरिकाले दुई टेलिभिजनको उद्घाटन गरेको भन्दै पातञ्जल योग समितिले आपत्ति जनाएको छ ।
यस्ताे छ विज्ञप्ती :



प्रकाशित समय : १६:४७ बजे



















