गृहपृष्ठ स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण, विद्यालयले स्टाफ नर्स नराखे लाइसेन्स खारेज
स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण, विद्यालयले स्टाफ नर्स नराखे लाइसेन्स खारेज
प्रदेश-२ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ । शुक्रबार प्रदेश-२ का प्रमुख हिरशंकर मिश्रले ऐन प्रमाणीकरण गरेका हुन् । अघिल्लो वर्ष चैत १७ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको विधेयक २६ असोजमा २०७८ मा पारित भएको थियो । प्रमाणिकरण भएको ऐनमा प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा जनस्वास्थ्यका विषयलाई नीति तथा कार्यक्रममा समावेश गराउन प्रदेश स्वास्थ्य समिति गठन गर्ने व्यवस्था छ ।
समितिको अध्यक्षमा सामाजिक विकासमन्त्री, सोही मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालय र नीति आयोगबाट एक÷एक जना सदस्य, उपभोक्ता हित संरक्षण तथा स्वास्थ्य क्षेत्रका विज्ञमध्येबाट अध्यक्षले मनोनीत गर्ने कम्तीमा दुई महिलासहित चार सदस्य, प्रदेशभित्रका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मध्येबाट अध्यक्षले मनोनीत गर्ने एक सदस्य, प्रशासन तथा योजना महाशाखाका प्रमुखलगायत सदस्य रहने ऐनमा व्यवस्था छ ।
ऐनमा प्रत्येक सामुदायिक विद्यालयका किशोरकिशोरीलाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवासहित अन्य स्वास्थ्यसम्बन्धी सेवा, शिक्षा दिन नर्सको व्यवस्था गर्नुपर्ने विषयलाई समेटिएको छ । तर निजी विद्यालयको हकमा भने स्वास्थ्य सेवा ऐन लागू भएको एक वर्षभित्र प्रत्येक विद्यालयमा अनमी वा स्टाफ नर्स राख्नुपर्ने अनिवार्य व्यवस्था छ ।
एक वर्षभित्र निजी विद्यालयले स्टाफ नर्स वा अनमी नराखे त्यस्ता विद्यालयको लाइसेन्स नै खारेज गरिने व्यहोरा पनि उल्लेख छ ।
प्रकाशित समय : १५:४५ बजे



















