global ime bank Long Banner Ad

गृहपृष्ठ डुअल साइड्स र र्‍यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

डुअल साइड्स र र्‍यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

डुअल साइड्स र र्‍यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

ओपोले डुअल साइड्स र र्‍यापएराउण्ड डिस्प्ले सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ । वर्ल्ड ईन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआइपीओ)मा दर्ता गरिएको प्याटेन्टमा ओपोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ । प्याटेन्टभित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखा चित्र र योजना सम्मिलित रहेका छन् । तथापि, यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन ।

रेन्डर्सलाई आधार मान्दा ओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । यसमा कम्पनीले कर्भ्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन । तस्बिरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका बीच अल्ट्रा(थिन स्टिल प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओपोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।

यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्यासका साथमा चार वटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भागसम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको र्‍यापएराउण्ड बायाँपट्टी रहेकाले उपकरणको दायाँपट्टि भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।

ओपोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाईँ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ । तथापि, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ । योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइ हालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ । तथापी ओपोको सोच भने निकै नयाँ र पृथक रहेको मा दुई मत छैन ।

प्रकाशित समय : ००:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु