global ime bank Long Banner Ad

गृहपृष्ठ अग्नि ग्रुपकाे ट्रियो इलेक्ट्रिक अटो चितवनमा पनि, मूल्य कति ? के-के छन् विशेषता ?

अग्नि ग्रुपकाे ट्रियो इलेक्ट्रिक अटो चितवनमा पनि, मूल्य कति ? के-के छन् विशेषता ?

अग्नि ग्रुपकाे ट्रियो इलेक्ट्रिक अटो चितवनमा पनि, मूल्य कति ? के-के छन् विशेषता ?

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर अटो  चितवनमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले मंगलबार इलेक्ट्रिक थ्री-ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।

यस अटाेले पेट्रोल अटोको तुलनामा दुई लाख रुपैयाँ बचाउने कम्पनीले दावी गरेकाे छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।

ट्रियाे इलेक्ट्रिक तीन वर्ष वा ८० हजार किलाेमिटर वारेन्टीसहित आउँछ । यो हाल नेपालमा अन्य अटोहरूभन्दा धेरै रहेकाे कम्पनीकाे दावी छ ।

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू :

१. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत

– इन्धनको बढ्दो भाउबाट अलग्गै रहने, पेट्रोल थ्री व्हीलरका तुलनामा वार्षिक २ लाख बचत गर्ने ।

– पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत ।

– दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने रकम १०० रुपैयाँभन्दा कम- फूल चार्ज आठ युनिट, प्रतियुनिट १२ रुपैयाँले १२० किमी गुड्ने ।

२. उत्कृष्ठ पर्फमेन्स

– उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क ।

– बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने ।

– प्राविधिक रूपमा उन्नत आइपी६७ जसले रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ ।

– प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा ।

३. उन्नत लिथियम आयोन ब्याट्री

– मर्मत-सम्भारमुक्त, १,५०,०००+ किलोमिटर ब्याट्रीको आयु ।

– ट्रियो अटो चार्ज गर्न तपाईंको मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो छ । घरैमा १५ एम्पियर सकेटमा जोडेर यसलाई सजिलै चार्ज गर्न सकिन्छ ।

प्रकाशित समय : २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु