गृहपृष्ठ बारामा १४ अर्बको भदैया धान उत्पादन
बारामा १४ अर्बको भदैया धान उत्पादन
बाराका किसानले ०७८/७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।
किसानले चालू आर्थिक वर्ष ०७८/७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कूल ५१ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए ।
साथै बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिक टनले तीन हजार ५७१.५ मेट्रिकटन धान उत्पादनमा क्षति भएको उनले जानकारी दिए । यसवर्ष मोटो धान प्रति क्विन्टल दुई ७०० रूपैयाँ सम्बन्धित निकायले दर भाउ कायम गरेको छ ।
गतवर्ष ०७७/७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.६ मेट्रिक टनले कूल ५४ हजार ८८२.६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
प्रकाशित समय : १९:०८ बजे

















