global ime bank Long Banner Ad

गृहपृष्ठ कोकाकोलाकाे ‘अनग्राउन्ड एक्टिभेसन अभियान’ सम्पन्न, फ्रन्टलाइन हिरोहरुप्रति कृतज्ञता ज्ञापन

कोकाकोलाकाे ‘अनग्राउन्ड एक्टिभेसन अभियान’ सम्पन्न, फ्रन्टलाइन हिरोहरुप्रति कृतज्ञता ज्ञापन

कोकाकोलाकाे ‘अनग्राउन्ड एक्टिभेसन अभियान’ सम्पन्न, फ्रन्टलाइन हिरोहरुप्रति कृतज्ञता ज्ञापन

कोकाकोलाले कोभिड-१९ महामारीमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण कर्मचारीहरुप्रति समर्पित अन-ग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ । महामारीमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यले कोकाकोलाले सञ्चालन गरेको एक्टिभेसन कार्यक्रम सन् २०२१ को दसैं अभियानअन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा रहेको बताइएको छ ।

उक्त अन-ग्राउन्ड एक्टिभेसन कार्यक्रमका क्रममा कोकाकोलाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं)लगायत नेपालका प्रमुख पाँच कोभिड अस्पतालहरुसँग आवद्ध भएको जनाएको छ । यस्तै गरी एम्बुलेन्स सेवा प्रदायक 'नेपाल एम्बुलेन्स सेवा', 'वुमन फर ह्युमन राइट्स' र क्रिएसन इनको सञ्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरुका साथै अन्य १३ गैरसरकारी संस्थाहरुसँग कोकाकोलाले सहकार्य गरेको थियो ।

यस अभियानमा कोकाकोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोकको बोटल र कोकाकोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको जनाएको छ । 'यो वर्षको दसैंमा हामीले सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयासस्वरुप धन्यवाद अन-ग्राउन्ड एक्टिभेसन सन्चालन गर्‍यौं । महामारीमा पनि हामी र हाम्रो समुदायको सुरक्षाको लागि वहाँहरुले गर्नुभएको अनवरत परिश्रमलाई हामी सम्मान गर्दछौं,' कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने ।

कठिन समयमा साथ दिने साथी/नातेदारलाई 'धन्यवाद' लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिने उद्देश्यको साथ कोकाकोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दसैं क्याम्पेन ल्याएको थियो । आमा, बुवा, दाजु, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मी गरी आठवटा सम्बन्धहरुका लागि 'धन्यवाद' लेखिएको नयाँ कोकको बोटल पनि बजारमा ल्याएको थियो ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु