global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभरका उच्च अदालतमा प्रदर्शन

प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभरका उच्च अदालतमा प्रदर्शन

प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभरका उच्च अदालतमा प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले थालेको आन्दोलन अन्तर्गत आज पनि देशभरका उच्च अदालतमा प्रर्दशन सुरू भएको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गर्दै छ ।

करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलनअन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन गरिएको हो । सर्वोच्च अदालतमा धर्नासहित उच्चमा पनि आन्दोलनका कार्यक्रम विस्तार गरिएको बारले जनाएको छ । बारले अहिले सर्वोच्च अदालतमा नारा जुलुससहित धर्ना दिइरहेको छ ।

उच्च अदालत पाटनमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ आफैं जाने छन् । उच्च अदालत इलामको विरोध सभालाई सम्बोधन गर्न बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्काका साथै केन्द्रीय सदस्य खिमानन्द अधिकारी त्यहाँ पुगेका छन् । धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नाम खटिएका छन् । विराटनगर उच्च अदालतमा बारका पूर्वउपाध्यक्षहरू टीकाराम भट्टराई र सीताराम राईलाई जिम्मेवारी दिइएको छ । त्यहाँ केन्द्रीय सदस्य मनोजकुमार चौधरीलाई पनि पठाइएको  छ। पूर्वमहासचिव र उपाध्यक्षहरुलाई पनि उच्च अदालत तोकिएको छ ।

बारले धर्ना दिइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि १० वटा इजलास तोकेका छन् । जबराले ८ संयुक्त र दुई एकल इजलास तोकेका छन् । कुल २ सय २६ थान मुद्दा पेसीमा चढेको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु