global ime bank Long Banner Ad

गृहपृष्ठ आजको मौसमः मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना

आजको मौसमः मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना

आजको मौसमः मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा आज अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ भने आगामी दिनमा यो क्रमशः नेपाल नजिकिँदै जाने सम्भावना छ।

हाल देशभर सामान्यतया बादल लागेको अवस्था रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश भूभागमा बादल लाग्नेछ। हिमाली र पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका विभिन्न स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मनसुन थप सक्रिय हुँदै गएकाले आगामी दिनमा देशभर भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा बाढी, पहिरो र अन्य विपद्का घटना बढ्न सक्ने जोखिम रहेको विभागले जनाएको छ। सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ।

प्रकाशित समय : ०६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु