गृहपृष्ठ ‘डेमोक्रेसी समिट’ आयाेजना गर्दै बाइडेन, नेपालसहित ११० मुलुकलाई निम्तो
‘डेमोक्रेसी समिट’ आयाेजना गर्दै बाइडेन, नेपालसहित ११० मुलुकलाई निम्तो
अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरूलाई भने बोलाइएको छ ।
चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति जोन बाइडेन प्रशासनले आयोजना गर्न लागेको सम्मेलनलाई विश्व समुदायले चासोपूर्वक हेरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयकाअनुसार सम्मेलनमा ११० देशलाई निम्ता दिइएको छ ।
सम्मेलनमा चीनले आफ्नो अभिन्न राज्य मान्दै आएको ताइवानलाई समेत बोलाइएको छ । तर, अफगानिस्तान, बंगलादेश, श्रीलंका र टर्कीलाई बोलाइएको छैन् । ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्न चीनले अन्य देशहरूलाई दबाब दिइरहेका बेला सम्मेलन आयोजना हुँदैछ ।
प्रकाशित समय : १७:५४ बजे


















