गृहपृष्ठ नेपाल एसबीआई बैंकको लाभांश घोषणा
नेपाल एसबीआई बैंकको लाभांश घोषणा
नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
हाल ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित बाेनस सेयर वितरणपश्चात ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय : १७:०३ बजे


















