global ime bank Long Banner Ad

गृहपृष्ठ भक्तपुरको वनमा भेटियो मानव कंकाल

भक्तपुरको वनमा भेटियो मानव कंकाल

भक्तपुरको वनमा भेटियो मानव कंकाल

चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको छ । जंगलको बीचमा रहेको लेप्सीको फेदीमा झुण्ड्याएको जस्तो देखिने गरि ५ फिट ६ इन्चको कंकाल भेटिएको हो ।

महानगरीय प्रहरी परिसरका डीएसपी दीपक गिरीका अनुसार कंकालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा फेला परेकाे छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु र चेकसर्ट पनि भेटिएकाे छ । प्रहरीले त्यसकै आधारमा कंकाल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए ।

कंकाल परीक्षण गर्न काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु