गृहपृष्ठ देउवालाई शतप्रतिशत मत दिएर महाधिवेशन प्रतिनिधि बनाइयो, आरजु सर्वसम्मत
देउवालाई शतप्रतिशत मत दिएर महाधिवेशन प्रतिनिधि बनाइयो, आरजु सर्वसम्मत
प्रधानमन्त्रीसमेत रहेको कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनका लागि शतप्रतिशत मतका साथ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि मतपत्रको १९ नम्बरमा नाम थियो । तर देउवाको नाममा रेजा लगाइएको थियो । देउवा शतप्रतिशत मतसहित महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए ।
देउवालाई विगतमा पनि डडेल्धुराबाट यसरी नै महाधिवेशन प्रतिनिधिमा ल्याउने गरिएको छ ।
त्यस्तै देउवाकी पत्नीसमेत रहेकी काँग्रेस नेतृ आरजु राणा सर्वसम्मत रूपमै महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् ।
प्रकाशित समय : १५:३६ बजे


















