काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रचण्डको घोषणा : आगामी निर्वाचनमा चितवनबाटै उठ्छु

11.48K
shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको र आगामी निर्वाचनमा समेत चितवनबाटै उठ्ने दाबी गरेका हुन् । उनले आगामी निर्वाचनमा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे ।

भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले  यसलाई अझ उचाइमा पुर्‍याउन आफ्नो उम्मेदवारी रहने बताए । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने आश्वासनसमेत प्रचण्डले दिएका छन् । ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उनले भने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन् । यी क्षेत्रमा चार अर्ब रुपैयाँको लगानी हुने उनको भनाइ छ । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २ सय हेक्टर जमिन सिञ्चित हुनेछ । जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ ।

ती ट्युबेल निर्माण गर्न १३ करोड ६० लाख खर्च भएको उनको भनाइ छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८ सय ७७ हेक्टर जमिन सिञ्चित भएको छ ।