काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ’

1.55K
shares

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्नेगरी सफा राख्नुपर्नेमा जोड दिएको छन् ।
आउँदो विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा काठमाडौँ महानगरपालिका–१७, खुसिबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री घिसिङले नदी सफा नभएसम्म सहर सफा नहुने बताएको हुन् ।

“जबसम्म बागमती, वष्णुमती र धोवीखोलालाई आनन्दले नुहाउन सक्ने बनाइँदैन, तबसम्म काठमाडौँ सुन्दर हुँदैन । त्यो काम अगाडि बढाउनुपर्छ । सरकारले यसलाई अगाडि बढाओस्”, अध्यक्ष घिसिङले भने, “काठमाडौँ मात्र होइन मुलुकलाई नै समृद्ध र हरियाली बनाउनुपर्छ । हामी पनि यसमा लागेका छौँ । अहिलेको सरकारले नसके अबको निर्वाचनमा जनताले हामीलाई रोज्नेछन् ।”

विगतमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा ‘लोडसेडिङ’ अन्त्य गराएर उज्यालो नेपाल बनाएको बताउँदै उहाँले अब मुलुकको सबै क्षेत्रलाई उज्यालो बनाउनुपर्नेमा जोड दिए ।

उनले विगतमा महानगरको प्रमुख हुँदा थालेका नदी सफाइका कामलाई मुलुककै कार्यकारी प्रमुख हुँदा प्रधानमन्त्री वालेन्द्र शाहले अझ राम्रो काम गर्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले मुलुकको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्दै समृद्धिका लागि सबै लाग्नुपर्नेमा जोड दिए । सेवा समितिक अध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय विकास र सामाजिक कार्यमा हातोमालो गरेर अघि बढ्न आह्वान गरे ।