काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

429
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन बालबालिका छन् । युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो ।

जापोरिजियामा आवासीय भवनहरूमा रुसी हवाई बम खस्दा आठ जनाको मृत्यु भएको र कम्तीमा १६ जना घाइते भएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले शनिबार बताए ।

रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन् । यद्यपि, दुवै देशबीच लामो दूरीका हवाई आक्रमण जारी छन् । पछिल्लो चार दिनमा रुसी बमबारीका कारण ५५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल प्राप्त गर्ने सम्झौता गरेको घोषणा गरेको भोलिपल्टै पछिल्ला आक्रमण भएका हुन् । यो कदम युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले वर्षौंदेखि अपनाउँदै आएको दबाबको नीतिमा आएको अप्रत्याशित परिवर्तन हो । साथै, अमेरिकी मध्यावधि निर्वाचनअघि बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँगको टेलिफोन वार्तामा उक्त सम्झौता भएको जानकारी दिनुभएको थियो । सुरुमा उक्त वार्तामा रुसमा देखिएको प्लेगको शङ्कास्पद घटनाबारे छलफल हुने अपेक्षा गरिएको थियो ।

तर ट्रम्पले रुसले तत्कालै तीन लाख टनभन्दा बढी डिजेल उपलब्ध गराउने र त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन तथा त्यसको केही समयपछि १० लाख टन डिजेल दिने घोषणा गर्े । त्यसलगत्तै छोटो अवधिमा थप ३० लाख टन डिजेल उपलब्ध गराइने पनि उनले उल्लेख गरे ।

ट्रम्पको यो घोषणाले गत महिना उनले नै हस्ताक्षर गरेको रुसमाथिको व्यापक प्रतिबन्धसम्बन्धी कानुनसँग विरोधाभास सिर्जना गरेको छ । उक्त कानुनको उद्देश्य युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग पु¥याउने रुसी तेल तथा ग्यासको आम्दानीमा रोक लगाउनु थियो ।

सम्झौताप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यसको जवाफ थप आतङ्क र विश्वासघातबाट दिने बताएको छन । उनले यस्तो सम्झौताले युद्धमा रुसको लगानी बढाउने र युद्ध लम्ब्याउन सहयोग पु¥याउने चेतावनी दिए ।

“यसले रुसलाई थप हत्या गर्न, लामो समयसम्म युद्ध जारी राख्न, अमेरिकाप्रति अझ कम सम्मान देखाउन तथा विश्वमा थप क्षति र विनाश निम्त्याउन सक्षम बनाउँछ”, जेलेन्स्कीले भने । वासिङ्टनस्थित युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा उहाँले यसलाई “बलिया साझेदारहरूबाट भएको कमजोर निर्णय” भन्दै आलोचना गरेका छन् ।

युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुशनर मियामीमा युक्रेनी अधिकारीहरूसँग भेटवार्ता गरिरहेका बेला ट्रम्पले डिजेल सम्झौताको घोषणा गरेका थिए ।

“मलाई लाग्छ, हाम्रो टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै छ । यो पक्कै पनि उचित होइन । साझेदारहरूले एकअर्कासँग गर्ने व्यवहार यस्तो हुनुहुँदैन”, जेलेन्स्कीले भने । रासस