काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महाधिवेशन प्रतिनिधि मनोनित गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

6.24K
shares

१०औं राष्ट्रिय महाधिवेशनका लागि पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादर तामाङले जानकारी दिए ।

सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै मंगलबारका लागि सारिएको थियो । तामाङका अनुसार पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।