global ime bank Long Banner Ad

गृहपृष्ठ व्यवसाय सञ्चालन गर्न एक करोडसम्म कर्जा पाइने

व्यवसाय सञ्चालन गर्न एक करोडसम्म कर्जा पाइने

व्यवसाय सञ्चालन गर्न एक करोडसम्म कर्जा पाइने

व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा पाइने भएको छ । कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसायमा एक करोड रुपैयाँभन्दा कम रकमको कर्जा आधार दरमा बढीमा २ प्रतिशत मात्र थपेर दिनुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ ।

एकीकृत निर्देशन २०७८ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । गत आर्थिक वर्षमा १५ लाख रुपैयाँसम्मको यस्तो कर्जा मात्र सस्तो दरमा प्रवाह गर्नुपर्ने निर्देशन थियो । चालु आर्थिक वर्षमा कर्जाको सीमा बढाएर एक करोड रुपैयाँ पुर्‍याएको हो ।

आधार दर बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार (बेस रेट) हो । स्रोत व्यवस्थापन (निक्षेप संकलन तथा व्यवस्थापन) गर्दा लाग्ने लागत जोडेर आधार दर निकालिन्छ । यही दरमा प्रिमियम थप गरेर बैंकहरूले कर्जाको ब्याजदर तोक्छन् ।

अहिले राष्ट्र बैंकले उल्लिखित शीर्षकमा तोकिएको सीमासम्म कर्जा प्रवाह गर्न आधार दरमा २ प्रतिशतसम्म मात्र थप गर्न पाउने सुविधा बैंक तथा वित्तीय संस्थालाई दिएको हो ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु