गृहपृष्ठ कांग्रेस महाधिवेशनको निर्णायक दिन : आज एकैदिन ३ हजार प्रतिनिधि चयन हुँदै, कहाँबाट कति ?
कांग्रेस महाधिवेशनको निर्णायक दिन : आज एकैदिन ३ हजार प्रतिनिधि चयन हुँदै, कहाँबाट कति ?
२४ मंसिरदेखि २६ सम्म निर्धारित नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आज १ सय १५ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । कांग्रेसको आगामी नेतृत्व छनौटका लागि प्रत्यक्ष सहभागी हुने महाधिवेशन प्रतिनिधि सोमबार चयन हुने भएपछि आजको दिनलाई निर्णायक मानिएको हो ।
आजै छनौट भएका प्रतिनिधिहरुले आगामी केन्द्रीय नेतृत्वको मार्ग देखाउने छन् । आज एकैदिन देशभरबाट करिब ३ हजार महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । आज हुन गइरहेको अधिवेशनमा प्रदेश-१ बाट मात्रै ७ सय २८ महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यस्तै प्रदेश-२ बाट ८ सय ३२, बागमती प्रदेशबाट ८ सय ५८, गण्डकी प्रदेशबाट ४ सय ६८, लुम्बिनीबाट ६ सय ७६, कर्णालीबाट ३ सय १२ र सुदुरपश्चिम प्रदेशबाट ४ सय १६ महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
आज हुने अन्य अधिवेशनअन्तर्गत जनसम्पर्क समितिबाट १ सय ५०, शुभेच्छुक तथा भ्रातृ संस्थाबाट १ सय २७ र केन्द्रीय कार्यसमितिबाट १ सय ३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
प्रकाशित समय : १४:०१ बजे

















