global ime bank Long Banner Ad

गृहपृष्ठ बैतडी जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

बैतडी जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

बैतडी जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जस्प चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो । आइतबार बैतडीको दशरथचन्द नगरपालिका-२ को थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६, सिमायलतर्फ जाँदै गरेको म. १ ज ३१० नम्बर जीप दुर्घटनामा परेको थियाे ।

५ जनाको घटनास्थलमै मृत्यु भएको थियाे भने दुई गम्भिर घाइते भएका थिए । यसअघि मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।

जीप सडकबाट ७ सय मिटर तल खसेको थियो ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु