global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा

सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा

सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा

सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर आइतबारदेखि ललितपुरको लगनखेल कुमारीपाटीमा पनि विस्तार गरेको छ ।

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्याम काजी अवालेले संयुक्त रुपमा गरे । सो समारोहमा अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

साथै बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।

प्रकाशित समय : ०१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु