global ime bank Long Banner Ad

गृहपृष्ठ १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजबाट फाइजर खोप दिइने

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजबाट फाइजर खोप दिइने

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजबाट फाइजर खोप दिइने

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यवस्था मिलाइएको हो ।

फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्नेछन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकी गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो ।

यसको दोस्रो मात्रा २७ मंसिरदेखि २ पुससम्म लगाइने छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु