गृहपृष्ठ कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार पनि प्रदेश १ को पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित समय : १४:४६ बजे




















