global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००-००१ख०२१९ नम्बरको बस लमही नगरपालिका-३, नारायणपुरमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु