global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ खसीको मासुको मूल्य बढ्यो

खसीको मासुको मूल्य बढ्यो

खसीको मासुको मूल्य बढ्यो

सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी ८ सय रूपैयाँमा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर ९ रूपैयाँ पुगेको सुर्खेत मासु व्यवसायी संघले जनाएको छ । यो मूल्य आज (आइतबार)देखि लागू हुनेछ ।

संंघका अध्यक्ष टोपेन्द्रजंग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँ लगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा एक सय रूपैयाँ बढाइएको उनको भनाई छ । ‘किसानले बढी मूल्य पाएपछि जिल्लाबाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी ५ सय ५० रूपैयाँसम्म खरिद गर्नुपरेको छ,’ वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने, ‘खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।’

जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको संघले जनाएको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु