गृहपृष्ठ कांग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी
कांग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि निर्वाचित भएका हुन् ।
निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा विजयी भएकी हुन् । सोही प्रदेशसभाको सभापतिमा व्यास-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी व्यास नगरपालिकाका कार्यपालिका सदस्य तमबहादुर दरै र अमृत नेपाली सोही प्रदेशसभाको प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ (क) अधिवेशनबाट व्यास नगरपालिका-९ का वडाध्यक्ष सुरेश थापा, व्यास-१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास-८ का वडाध्यक्ष ओजराज पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ (क) बाट माग्दे गाउँपालिका-१ का वडाध्यक्ष शिवशरण वाग्ले, म्याग्दे-३ का वडाध्यक्ष श्रीबहादुर आले, म्याग्दे-४ का वडाध्यक्ष शिवबहादुर थापा र शुक्लागण्डकी-१ का वडाध्यक्ष रविचन्द्र पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ (ख) मा ऋषिङ गाउँपालिकाकी-७ की वडाध्यक्ष भविसरा आले प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
जिल्ला समन्वय समितिका सदस्य अर्जुन अधिकारी तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भएका छन् । जिल्ला समन्वय समितिकै सदस्य सरस्वती गौतम तनहुँ २ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भएकी छन् । यसैगरी व्यास नगरपालिका-२ की वडा सदस्य राधिका परियार तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भएकी छन् ।
प्रकाशित समय : १३:५३ बजे



















