गृहपृष्ठ शिखर इन्स्योरेन्स १८औं बर्षमा प्रवेश, १७५ करोड चुक्ता पुँजी
शिखर इन्स्योरेन्स १८औं बर्षमा प्रवेश, १७५ करोड चुक्ता पुँजी
नेपालमा गुणस्तरिय निर्जिवन बिमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनी १७ बर्ष पूरा गरी १८औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६१ मंसिर २ बाट बिमा सेवा सुरु गरेको थियो ।
स्थापनाका बेला १० करोडको चुक्ता पुँजी भएको कम्पनी अहिले १७५ करोडको चुक्ता पुँजीमा छ । कम्पनीको पछिल्लो १५ औं र १६औं बार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत हकप्रद सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पुँजी २२८ करोड पुग्ने विश्वास गरिएको छ । कम्पनीले विगत १७ बर्षदेखि अनवरत सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख, डोटी र डोल्पाजस्ता दुरदराजका जिल्लामा बिमाको पहुँच स्थापित गरेको छ । कुल १०५ शाखा र निकट भविष्यमा थप २० शाखा गरी कुल १२५ शाखामार्फत सेवा प्रदान गर्न कम्पनी सफल भएको छ ।
बिमित वर्गको विश्वास र भरोसाले कम्पनी नेपालमा भएका निर्जिवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बिमाशुल्क आर्जन गर्ने कम्पनी बन्नसमेत सफल भएको छ । यस अवधिमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पनि प्राप्त गरेको छ ।
प्रकाशित समय : १५:५५ बजे




















