global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपालीद्वारा सञ्चालित सिड्नीको एड्भान्स कलेजले पायो ‘इनर बेस्ट लोकल बिजनेस अवार्ड २०२१’

नेपालीद्वारा सञ्चालित सिड्नीको एड्भान्स कलेजले पायो ‘इनर बेस्ट लोकल बिजनेस अवार्ड २०२१’

नेपालीद्वारा सञ्चालित सिड्नीको एड्भान्स कलेजले पायो ‘इनर बेस्ट लोकल बिजनेस अवार्ड २०२१’

नेपालीद्वारा सञ्चालित सिड्नीको बरुडस्थित एड्भान्स कलेजले ‘इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१’ प्राप्त गरेको छ । विगत आठ वर्षदेखि अष्ट्रेलियाका सिड्नीमा स्थापना भएर एज्ड केयर र डिस्याबीलिटी कोर्षको अध्यापन र तालिम दिँदै आएको कलेजले अवार्ड पाएको हो ।

एनएसडब्लु राज्य सरकारका प्रतिनिधि, स्थानीय काउन्सिल, न्युज च्यानल, आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न विधामा छानिएका र उपाधि प्राप्त गरेका स्थानीय बिजनेसलाई नोभेम्बर १७ तारिखका दिन अवार्ड प्रदान गरिएको छ । इनर वेष्ट क्षेत्रमा शैक्षिक सेवा दिँदै आएका ६२ वटा शैक्षिक संस्था सहभागी थिए । जसमध्ये सबैलाई उछिनेर एड्भान्स कलेजले अवार्ड हात पारेको हो ।

एज्ड केयर र डिस्याबीलिटी कोर्षको अध्यापन तथा तालिम दिँदै आएको कलेजले विद्यार्थीहरुलाई सम्बन्धित क्षेत्रमा रोजगारीको अवसरसमेत प्रदान गर्दै आएको छ । अष्ट्रेलियामा एज्ड केयर, नर्सिङ र डिस्याबीलिटीको क्षेत्र रोजगारी र आम्दानीको दृष्टिकोणले राम्रो मानिन्छ ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु