गृहपृष्ठ नबिल बैंक र हस्तकला महासंघबीच साझेदारी
नबिल बैंक र हस्तकला महासंघबीच साझेदारी
नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ । ३ मंसिरदेखि ५ सम्म चल्ने १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको बैंकले महासंघसँग साझेदारी गरेको हो ।
काठमाडौंको ह्यात रिजेन्सी होटलमा जारी हस्तकला व्यापार मेलामा बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हो ।
'मेक इन नेपाल'अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्न नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ दृष्टिकोणअनुरुप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रुपमा नबिल बैंकको प्रतिवद्धतालाई झल्काउने दुवै पक्षकाे विश्वास छ ।
प्रकाशित समय : १६:४८ बजे



















