गृहपृष्ठ रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्स फाइनान्सले होम अप्लायन्स कर्जा प्रदान गर्नको लागि अल्फा इनोभेसनसंग सम्झौता गरेको छ । सम्झौता अनुसार रिलायन्स फाइनान्सले ग्राहकहरुलाई उपभोक्ता कर्जा (Consumer Loan) cGt{ut Webor, Nexon, Changhong का होम अप्लायन्स खरिद गर्दा ऋण उपलब्ध गराउने सम्झौता भएकोछ । फाईनान्सका उप. कार्यकारी अधिकारी रमहरि आर्चय र र अल्फा इनोभेसनको संचालक सतिश रमन शाहले हस्ताक्षर गर्नु भएको हो ।
कर्जा लिनको लागि अल्फा इनोभेसनको विभिन्न शाखाहरुमा गएर होम अप्लायन्स खरिद गर्दा आवश्यक पर्ने ऋण रकम सहज उपलब्ध गराउने फाइनान्सले जनाएकोछ । त्यसैगरी, ग्राहकहरुले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा पनि अल्फा इनोभेसनले नगद छुुट उपलब्ध गराउने भएकोछ ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित समय : १२:२८ बजे




















