global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

हेटौँडा । मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो ।

प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो ।
गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ (७२.५९ क्युफिट) बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठसहित गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हेटौँडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु